Handong Global University, Pohang, Korea को अग्रसरता र UNESCO UNITWIN Ministry of Education, Republic of Korea प्रायोजनमा पोखरा विश्वविद्यालयको Information Access Center (IAC) मा Capacity Building for Small & Medium-sized Enterprises नामक विषयमा विश्वविद्यालयका पदाधिकारी र स्कूल अफ बिजनेश, पोविका प्राध्यापकहरूको समुपस्थितिमा एमबिएमा अध्ययरत विद्यार्थीहरूलाई Handong Global University का ३ जना प्राध्यापकहरूले २०६९ चैत १५ गते कक्षा लिनुभयो । उक्त विश्वविद्यालयका Prof. Dr. Daiyon Cho ले Information Technology for Business in Digital Era को बारेमा, Prof. Dr. Kee-Seon Yoo ले Global Challenges and Roles of CEO को बारेमा र Prof. Dr. Jinwon Ahn ले Korean Economic Development: Its Secrets and More को बारेमा कक्षा लिनु भएको थियो ।
Handong Global University को उक्त टोलीले विश्वविद्यालयका उपकुलपति प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईसँग नेतृत्व विकासको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने विषयमा उपकुलपतिको कार्यकक्ष लेखनाथमा संक्षिप्त विचार विमर्श पनि गरेको थियो ।